


सवैलाई भन्ने गर्छन्-स्वच्छ सुन्दर हराभरा पोखरा । केही हद सम्म पोखरालाई यो नाराले र्सार्थकता प्रदान गरेको होला । तर हिजोआज पोखराको स्वरुप र ढाचामा बिल्कुलै परिवर्तन आएको छ । परिवर्तन सकारात्मक भने हैन । वातावरणमा खलल पुगेको छ । सबै भन्दा बढी खडिएको कुरा हो सवारी चाप र अव्यस्थित ट्राफिक नियम । अहिले ट्राफीक नियम कसैले पालना गदैनन् । सवै लथालिङ र भताभुङ्ग भएको छ । ट्रफिक लाइट नाम मात्रैको भएको छ । यसको उपयोग हुन सकेको छैन । पिक्यापले नगरपालिका मार्फ सवारी ट्राफिक लाइट र पार्किङको जिम्मेवारी लिएको हो । तर पिक्यापले जिम्मेवारी पुरा गर्न सकेको छैन । जवकी नगरपालिकाले ट्राफिक लाइट निर्माण गर्दा ४० लाख खर्चेको थियो । यति खर्चेर बनाइएको ट्राफिक लाइट अहिले प्रयोगमा छैन । आफूले समेत केही रकम थपेर निर्माण गरिएको ट्राफीक लाइट पुन संचालनका लागि पिक्यापले कुनै तदारुकता देखाएको छैन ।
पिक्यापले सवारी पार्किङको व्यवस्था गरेपनि त्यो केवल हात्तीको देखाउने दात मात्रै भएको छ । जथाभावी गरिने पार्किङको व्यवस्थाले शहरी वातावरण खल्बलिएको छ । त्यो पार्किङको व्यवस्था गर्ने पिक्यापले शुल्क असुल्ने बाहेक उपलब्धी केही गर्न सकेको छैन । जेब्रा क्रसिका रेखाहरु मेटिएको छ । जेब्रा क्रसिङको नियम पनि परिपालन हुन सकेको छैन । उनिहरुले जुन जुन ठाउँमा पार्किङको व्यवस्था गरे पनि सवारी धनीहरुले जथाभावी ढंगले पार्किङ गरिरहेका छन् । यसलाई रोक्न ट्राफिक प्रहरी पनि अक्षम देखिएको छ । पार्किङ नाम मात्रको पार्किङ भएको छ । यही अव्यवस्थित पार्किङको कारण शहरी सुन्दरतमा ह्रास आएको छ । ट्राफिक लाइट र पार्किङको जिम्मेवारी लिएको पिक्यापले आफनो जिम्मेवारी पूर्ण रुपमा पालन गर्न सकेको छैन । । यति मात्रै हैन सवारी चालकहरुले शहरका गल्लीमा जथाभावी ड्राइभिङ गर्दा बालबालिका दुर्घटनामा पर्ने खतरा बढेको छ ।
अर्कौतिर सडकका पेटीभरी अव्यवस्थित ढंगले राखिएको फुटपाथका पसलले पैदलयात्रीहरुलाई हिड्डुल गर्न पनि मुस्किल भएको छ । विशेषतः मुख्य शहरी केन्द्र महेन्द्रपुल र पृथ्वीचोकमा सडकका पेटीमा जथाभावी ढंगले राखिएको छ । मान्छे हिडनका लागि बनाइएको पेटीमा फुटपाथे पसल राखेपछि र्सवसाधारणलाई समस्या उत्पन्न भएको छ । यसलाई व्यवस्थित गराउन नगरपालिकाले कुनै पहलकदमी गरेको छैन । यस किसिमको गतिविधीले शहरी सुन्दरतामा विरुपता थपेको छ । फुटपाथे पसलहरु निश्चित क्षेत्र तोक्ने तर्फसम्बन्धी निकायको ध्यान पुग्न सकेको छैन । सडक मापदण्ड विपरीतका घर टहरा भत्काइए पनि फेरी ती ठाउँमा असरल्ल फुटपाथे पसलहरु राखिएका छन् । साँघुरा सडकलाई खुल्ला गर्न मापदण्ड मिचिएका घर टहरा भत्काइए पनि फेरी त्यो ति ठाउँहरु पहिलेकै अवस्थामा आइपुगेका छन अर्थात अव्यवस्थित बनिसकेको छ । नियम बनाउदै जाने र त्यसलाई कार्यान्वयनको दिशा तर्फलैजान सकिदैन भने नियम बनाउनुको कुनै अर्थ रहदैन । केका लागि मापदण्ड विपरीतका घर टहरा भत्काइएको थियो त्यसमा स्पष्ट हुनु जरुरी छ । नियम उल्लघ्न देखि नियम कार्यान्वयनको कमजोरीका कारण पोखराको वातावरण दिनानुदिन असरल्ल बन्न पुगेको छ ।
ट्राफीक नियमको कुरा त भयो नै यहाँको मुख्य कालोपत्रे सडकको पनि उस्तै कन्तिविजोग छ । ठाउँ-ठाउँमा खाल्टाखुल्टीले सडकको रुपरेखालाई अपाङ्ग तुल्याएको छ । अरु के कुरा गर्नु पालीखेचोक जस्तो मुख्य सडकको हालत देखेर सवैलाई दिक्क बनाउछ । अहिले सम्म खाल्टाखुल्टी पुर्ने काम भएको छैन । झनै झरी याम लागेपछि त सडको अवस्था नै डामाडोल बन्न पुग्छ । पानी जमेर हैरान त भयो नै सवारी आवगमनमा समेत कठिनाई उत्पन्न हुन्छ । यो एउटा उदाहरण मात्र हो यहाँ अरु ठाउँहरुको सडकको अवस्था पनि उस्तै देखिन्छ । पृथ्वीचोकमा अवस्थित चाइना पुलमा केही समय अघि सवारीको ठक्करले भत्किएको पुलको भूभाग अहिले सम्म पनि मर्मत हुन सकेको छैन । जबकी सडक विभागले पुल भत्काउने सवारी साधन मार्फ रकम पनि असुली सकेको अवस्था छ । तर पुल मर्मतमा भने विभागले कुनै तदारुकता देखाएको छैन । यसले थप दुर्घटना निम्त्याउने तर्फसचेत हुनुपर्ने त्यो हुन सकेको छैन । यी यस्तै कुराले शहरी वातावरणको अवस्था खल्बलिरहेको अवस्था छ ।
अर्कोतिर सफा स्वच्छ पोखराको नारा अझै र्सार्थकतमा परिणत हुनसकेको छैन । जथाभावी फ्याकिएको फोहोरमैलाले शहरको वातावरण धुमिल भइरहेको छ । अझै पनि कतिपय यहाँ यस्ता छन् फोहोरकै कारण नाकमुख थुनेर हिड्नुपर्छ । फोहोर व्यवस्थित गर्नका लागि नगरपालिकाले गरेको पहलले अझै र्सार्थकता पाउन सकेको छैन । अव्यवस्थित फाहोरमैला पनि शहरको अर्को टड्कारो समस्या हो । यहाँका ठुलाठालुहरुले लोभलाग्दा नारा विभिन्न नाम दिएर पोखराको विकास गर्ने कुरा गर्छन् । त्यस्ता नाराले अहिले सम्म र्सार्थकता पाउन सकेको छैन । त्यही भएर स्वच्छ सुन्दर हराभरा पोखरा पनि नारामा मात्रै सिमित रहेको छ । पोखराको रुप अहिले यो नाराको ठिक विपरीत हुन लागिरहेको छ । अझै पनि सवैले सचेत भएर पोखराको वातावरणीय अवस्थालाई सुधार गर्ने तर्फलागिएन भने निश्चित रुपमा पोखराको स्वरुप अवको केही वर्षा बिकराल हुनेछ । र पोखरा नाम मात्रको शहर हुनेछ त्यही भएर आम पोखरेलीहरु बेलैमा सजग बनौ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |