


यतिबेला विश्व बेइजिङमा शुरु भएको २९ औ. गृष्मकालिन ओलम्पिकमा झुमेको छ । नयाँ विश्व तथा ओलम्पिक रेकर्ड कायम गर्दै स्वर्ण पदक जित्न ११ हजार खेलाडीहरुले आ आफनै इभेण्टमा प्रतिस्पर्धा गरेका छन् । नेपाली खेलाडीले पनि आफनो उपस्थिति जनाएका छन् । विश्व खेलकुदमा तातिरहेको बर्तमान अवस्थामा नेपालमा भने खेलकुद गतिविधि शुन्य प्राय हुदैं गएको छ । ठुलो धनराशीको शहीद स्मारक ए डिभिजन लिग दुइवर्षेखि स्थगित भएपछि खेलाडी चार दर्जन पोखरेली खेलाडी बेरोजगारी बनेका छने भने कतिपय पलायनको स्थितिमा पुगेका छन् भने अन्तराष्ट्रिय छवि समेत खस्कदै गएको छ ।
राजधानीमा फुटबल संस्था एन्फामा देखिएको विवादले पोखरेलीले ठुलो प्रतियोगिता गर्ने र हेर्ने अवसर प्राप्त गरे । गएको चैत १२ र १४ पोखरा रंगशालामा भएको नेपाल र पाकिस्तान बीचको मैत्रीपूण फुटबलले नेपाली फुटबलमा कसी लगाएको थियो । पहिलो खेलमा आफनो पोल्टामा पार्दा नयाँ खेलाडी आशा लाग्दा रुपमा उभिएका थिए तर दोस्रो तथा महत्वपूण खेलमा भने पाकिस्तानले सहजै पराजित गर्दा नेपाली फुटबल स्तरमा प्रश्न चिन्ह नै खडा गरिदियो । उक्त फुटबलले नेपाललाई १८८ बाट १८३ औं स्थानमा उक्लिएको थियो ।
फुटबलपछि लोकप्रिय खेल क्रिकेट भने पोखरामा सुस्ताएको छ । क्रिकेट एकेडेमी निर्माण गर्न जग्गा छनोट गरिएपनि निर्णय परिवर्तन गरी राजधानीमा केन्द्रीत गरिनाले मोफसलमा क्रिकेटको स्तर उस्किन नसकेको हो । क्रिकेट मैदान बनाउन चासो नदेखाएको अवस्थामा पोखरेली फोटो पत्रकार सर्ुदर्शन रन्जितले खिचेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदान एसियामा उत्कृष्ट ठहरिदै. विश्वमा समेत छनोटमा परेको थियो । फोटोले पोखरालाई एसियामै चिनाउँदा सम्बन्धीत संस्थाले भने क्रिकेट मैदान बनाउनप्रति उदासिनता देखाएको छ । क्यानले दिएको तीनलाखले केवल तारजाली लगाई अलपत्र छाडेको छ ।
खेलकुद गतिविधिलाई विकेन्द्रीत गर्दै मोफसलको खेल गतिविधि उकास्नुपर्ने धारणा सबैको एकमत छ । राजधानीपछिको खेलकुदको गन्तव्यस्थल बनेेको पोखरामा भएका खेलकुद गतिविधिले पनि विकासमा राम्रै टेवा दिएको छ । खेलकुदले आन्तरिक तथा बाहृय पर्यटन पर््रवर्द्धन हुने भएपनि यहाँका पर्यटन व्यवसायीहरु भने खेलकुद गतिविधि बढाउन खासै चासो र उत्साह देखाएकमा छैनन् । पर्यटन व्यवसायीले खेलकुदमा लगानी समेत गरेका छैनन् ।
पोखरामा खास गरी भदौको शुरुवातसँगै खेलकुद गतिविधिले पोखरा रंगशालालाई तताउँदै लैजान्छ । धरानको बुढासुब्बा गोल्डकप र पोखराको आहा गोल्डकप । दर्शकको सहभागितालाई केलाउँदा भने पोखराको गोल्डकप मोफसलमै निकै सफलता पाएको भेटिन्छ । पोखराको खेलकुद जगतलाई सरर्सर्ती औंल्याउदाँ विशेष गरी फुटवल, भलिवल, क्रिकेट, तेक्वान्दो, बक्सिङ नै अगाडि आँउछन् । पछिल्लो समयमा आएर बेसबल, सेपाक टाक्रो जस्ता विदेशी खेलपनि पोखरा भित्रिसकेका छन्।
पोखरामा भएको अर्को महत्वपूण प्रतियोगिता थियो अन्तर नगरपालिका फुटबल प्रतियोगिता । साउनको गर्मी र झरीसँगै शुरुभएको प्रतियोगितामा ३९ वटा नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए । नगरपालिका फुटबल गर्ने सौभाग्य पाएको पोखराले भने उत्कृष्ट खेलाडीको सम्मानबाट चित्त बुझाएको थियो ।
पोखरामा महिला तथा पुरुष बक्सिङको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको थियो । गएको २०६४ असोज दोस्रो साता आयोजित बक्सिङले पनि पोखराको खेलकुद गतिविधिलाई थप मलजल गर्ने काम गरेको थियो । प्रतियोगिताले अस्ताएको बक्सिङ एकाएक व्युँतिएको थियो । जिल्ला एवं सानो स्थानीयस्तरको समेत बक्सिङ नहुदाँ राष्ट्रियस्तरको प्रतियोगिता आयोजनाले पनि पोखरामा नयाँ बक्सर जन्माउन योगदान पुर्याएको थियो । कुनैबेला पोखरालाई बक्सिङको राजधानी नै मानिन्थ्यो । यता पोखरेली कराँते खेलाडी फत्तबहादुर गुरुङले मलेसियामा दुइपदक जित्दै पोखरेली छविलाई उच्च बनाएका छन् । फुटबलका अनिल गुरुङ, विसन गौचन , विजय गुरुङ र चुन बहादुर थापा छन भने भलिबल तर्फसिपोरा गुरुङ, मन्जु गुरुङ हुन् । खेलकुदका उदयीमान खेलाडीहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नु हामी सबैको कर्तव्य र दायित्व हो।
बक्सिङ गतिविधिसँगै पोखरामा तेक्वान्दो प्रतियोगिताले पोखरामा स्थान पाएको छ । सधै राजधानीमा मात्रै सिमित हुने तेक्वान्दो प्रतियोगिताको आठौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिएको थियो । गएको पुसको दोस्रो साता राष्ट्रिय महिला तथा पुरुष तेक्वान्दो प्रतियोगिताले पनि पोखरालाई खेलकुद राजधानीको रुपमा परिचय दिलाउन महत्वपूण भूमिका खेल्यो । प्रतियोगितामा पोखरेली खेलाडी खेमराज पुनले एकमात्र घरेलु टोलीलाई स्वर्ण दलाँउदै पोखरेली इज्जतलाई बचाएका थिए ।
बसिङपछि सुस्ताएको खेलकुद गतिविधिलाई चिदैं नियमित फुटबल प्रतियोगिताले पोखरा रंगशालालाई खेलकुदमय बनायो । वर्षोनी सहारा क्लबद्वारा आयोजित आहा गोल्डकपको छैटौं सस्करणले पोखरेलीलाई फुटबलको स्वाद चखाएको थियो । गतवर्षो पुसमा आयोजित आहा गोल्डकपको उपाधि भने पुरानै क्लब नेपाल पुलिसलाई उपाधि थमाउँदै एकवर्षो लागि विदा लिएको थियो । नियमित रुपमा भइरहेको आहा गोल्डकपले पोखरेली फुटबलमा निकै उच्च सम्मान पाएको छ । पुरस्कारको राशीमा बृद्धिसँगै आहा गोल्डकपको आउँदो सस्करणमा उत्कृष्ट खेलाडीले यामहा मोटरसाइकल दिने निर्णयसमेत छैटौंबाट प्रारम्भ भएको छ । शसस्त्र प्रहरी पहिलो पटक दोस्रो स्थान आउँदा पोखरेली विदेशबाट आएका टोलीलाई पनि सान्त्वनाको सम्मानले विदाई गर्दा प्रतियोगितामा नियमित सहभागिता जनाउने विश्वास गरिएको छ ।
आहा गोल्ड अगावै दुइ दशक विताएको फुटबल प्रतियोगिताले पनि पोखराको फुटबल क्षेत्रमा महत्वपूण योगदान दिएको छ । लेखनाथ नगरपालिकाको भण्डारढीकमा स्थानीय आदर्श युवा क्लबले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा वर्षनी फुटबल प्रतियोगिता गर्दै जीवन्तता दिएको छ । नियमित प्रतियोगिताको दुइ दशक विताएको क्लबले भरपर्दो प्रायोजक नपाँउदा स्थानीयरुपमै सीमित बन्न पुगेको छ । प्रतियोगिता पश्चिमाञ्चलकै पुरानो र नियमित रुपमा हुदैं आएको यो एकमात्र प्रतियोगिता हो ।
पोखराको महत्वपूण प्रतियोगिताको रुपमा पोखरा म्याराथन समेत रहेको छ । भुतपुव खेलाडी मन्चले आयोजना गर्ने म्याराथनले आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्न निकै सघाउ पुर्याएको छ । कुमारी माछापुच्छे्र हिमालको काखमा हुने प्रतियोगितोका लागि ७५ जिल्लाका धावकहरुको सहभागिता जनाउँदै आएका छन् । विदेशीहरु समेत सहभागिता जनाउँदा थप रौनकता प्रदान गरेको अनुभव हुन्छ । नेपाली सेना र शसस्त्र प्रहरी तथा नेपाल प्रहरीका धावकहरु नै म्याराथनका अब्बल धावकको रुपमा अगाडि आएका छन् । उपाधिमा उनीहरुको एकलौटी कायम रहेपनि विभिन्न इभेण्टले उर्जा थपेको छ । मुल म्याराथनसहित १० र ५ किलोमिटर, विद्यालयस्तरीय दौड प्रतियोगिताले पनि विद्यार्थीलाई हौसला प्रदान गरेको छ ।
नेपाल सेभेन ए साइड फेडेरेशनले बैधानिक पाएपछि गएको तेस्रो साता पोखरामा अन्तराष्ट्रियस्तरको सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरियो । पोखरामा सम्पन्न भएको सेभेन ए साइड फुटबल प्रतियोगितापछि सेभेन ए साइड फेडेरेशनले भारत र श्रीलंकामा आफनेा उपस्थिति जनाएको थियो । श्रीलंकामा सम्पन्न पाँचौ दक्षिण एशियाली सेभेन ए साइड च्याम्पियनसिपमा नेपाली टोली च्याम्पियन बन्दै उपाधिसहित घर फर्किएको थियो ।
पोखरामा कास्की जिल्ला व्याडमिन्टन संघ गठनको १३ वर्षछि यही साउनमा क्याम्पसस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोतिगामै सीमित राखेको संघले क्याम्पसका विद्यार्थीलाई खेलकुदको माध्यमबाट भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यले पोखराकै इतिहासमा पहिलोपटक क्याम्पसस्तीय प्रतियोगिता सम्पन्न गरेको थियो । पहिलो पटक आयोजित प्रतिस्पर्धामा कुमुदिनी होम्स उच्चमाविले उपाधि जितेको थियो । कास्कीमा व्याडमिन्टन संघ गठनको १३ वर्षछि क्याम्पसस्तरीय प्रतियोगिता आयोजना गरिएको हो । यसअघि क्याम्पसस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थिएन् । २०५२ सालमा संघ गठन भएको थियो ।
पोखरामा नयाँ नयाँ खेलहरु भित्रिने क्रममा अहिले वेशवल पनि नयाँ पुस्ता माझ भित्रिई सकेको छ सेपा टाक्रो खेल्ाका पनि पोखराबाट शुरुवात भएको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरेली पर्यटन कर्मीले सहासिक पर्यटन खेल प्याराग्लाइडिङ र र्याफ्टिङ पनि अगाडि ल्याएका छन् । विश्वकै पाँचौ उत्कृष्ट स्थलको रुपमा रहेको सराङकोटबाट उडान गरी फेवातालको किनार अवतरण गरिन्छ । पोखरामा हुने अन्तराष्ट्रिय प्याराग्लाइडिङ च्यापिनसिपमा विदेशी पाइलटको उल्लेख सहभागिता हुने गरेको छ । ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल -टान) पोखराले वर्षोनी अग्रेजी नववर्ष अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।
पोखरामा विद्यालयस्तरीय प्रतियोगिताले पनि उत्तिकै महत्वपूण स्थान पाएका छन् । विद्यालयस्तरीय हृयाण्डबल, फुटबल र व्याडमिन्टन निरन्तर रुपमा सञ्चालन हुदै आएको छ । त्यस्तै एन्फाले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा ३ सय ८३ विद्यालयलाई उछिन्दै पोखराको सोसियल पब्लिकले प्रथम र अर्को सहभागि भएको ज्ञानकुन्जले तेस्रो स्थान ओगट्दै पोखराको विद्यालयस्तरीय फुटबलस्तरको छविलाई प्रष्टाएको छ ।
|
Darshanla
Avinash Ghising |
|
China Jana
Karma Bomzan |
|
Thaki Saken
Vibez |
|
Timle Bhantyau
Rahul Baidhya |
|
Jhar Jhar Jhari
Mantra |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Wallpaper
Sapana Gururng |
|
Sunita Gurung
Sunita Gurung |
|
Poonam Lama
Poonam Lama |