


अपिस बाहिर पार्किङ गरेर राखेको लभ्लीपोखरा डटकमका प्रबन्धक ओम लामाको ग ३ प ४६१० नम्बरको १ सय ८० सिसिको कालो पल्सर मोटरसाइकल दिन दहाडै गायब भयो । करीब १५ दिन अघि हराएको मोटरसाइलको कुनै अत्तोपत्तो छैन । यस्तै पत्रकार रामकृष्ण ज्ञवालीको स्पेल्नडर र विनोद लामिछानेको वाइभिएक्स मोटरसाइकल पनि पोखराबाटै गायब भएको छ । लाखौ पर्ने मोटरसाइकल गायब हुदाँ जोकोही पनि मर्कामा पर्नु स्वभाविक पनि हो । उखानै पनि छ खती भन्दा खाचो ठुलो । अहिले पोखरामा दिनानुदिन मोटरसाइल हराउने क्रम बढेको छ ।
खास गरी पल्सर, वाइभिएक्स र स्पेल्नडर मोटरसाइकलहरु गिरोहको तारो बन्ने गरेको छ । पोखरामा बढी पल्सर वाइक हराएका छन् । एउटा पल्सरको चावी अर्को पल्सर संग मिल्ने हुनाले पल्सर बढी चोरी हुने गरेको प्रहरीको अनुमान छ । अहिले सम्मको पोखराको रेकर्डमा स्कुटर चोरी अति नै न्युन छ । प्रहरी रेकर्डमा अहिले सम्म जम्मा एउटा स्कुटर मात्रै यहाँ चोरी भएको छ । तर मोटरसाइकल हराउने त यहाँ नियमित जस्तै भइसकेको छ । गिरोहले टन्न पेट्रोल भएको मोटरसाइकल र डुब्लिकेट नम्बर बनाउन मिल्ने खालको मोटरसाइकल चोरी गर्ने गरेका छन् । झनै हेन्डल लक गरेको मोटरसाइल समेत हराए पछि यसमा ठुलै गिरोह नै सामेल रहेको प्रहरीले अनुमान लगाएको छ । गिरोहले यसैलाई नै आफनो पेसा बनाएर हिडेको मान्न सकिन्छ । तर पनि गिरोह पत्ता लगाउन प्रहरी प्रशासन सफल हुन भने सकेको छैन । प्रहरीले जुन तदारुकता देखाउनु पर्ने हो त्यो हुन सकेको छैन । ट्राफीक कार्यालय पोखराका प्रमुख गोविन्द पुरी भने मोटरसाइकल चोरी नियन्त्रणका लागि साधापोशाकमा जनपथ देखि ट्राफिक प्रहरी परिचालन गरिएको बताउछन् । हामीले वर्कसपहरुमा समेत निगरानी राखेका छौ, पुरीले भने ।
कात्तिक महिना शुरु भए देखि अहिले सम्म जिल्ला ट्राफिक कार्यालय पोखराले दिएको तथ्याङकमा करीब २० वटा मोटरसाइल पोखराबाट हराइ सकेका छन् । एक महिनाकै अवधिमा २० देखि ३० वटा मोटरसाइल हराउने गरेको तथ्याङकले मोटरसाइल चोरी गर्ने एउटा ठुलो गिरोह नै यसमा मूल रुपमा सक्रिय रहेको स्पष्ट हुन्छ । यसरी पोखराबाट चोरी भएका मोटरर्साईकलहरु नवलपरासी विरंगञ्ज हुदै गिरोहले भारत सम्म पुर्याउने गरेका छन् । गिरोहले चोरेर लगेका लाखैा पर्ने नया मोटरर्साईल ३० देखि ३५ हजारमा बिक्री गरी दिन्छन् । गिरोहले चोरेर लगेका मोटरसाइल खास गरी वर्कसपहरुमा नै बिक्री गरेको पाइएको छ । यसरी बिक्री गर्दा उनिहरुले पुरा पैसा समेत माग्दैन । भोली पास गर्न आउँदा दिनु होला भनेर फरार हुन्छन् । कतिले त इन्जिन नै निकालेर बिक्री गर्छन् । मोटरसाइकल वर्कसपहरुले कुनै पनि व्यक्तिहरुबाट मोटरसाइकल खरीद गर्दा होस या मर्मत गर्दा नै किन नहोस् बिलबुक हेरेर कारोबार गर्ने हो भने निश्चित रुपमा मोटरसाइल चोरी गरेर बिक्री गर्ने गिरोहहरुको मनोबल केही हद सम्म भए पनि गिर्ने थियो । तर गिरोहले भने अनेक बहानाबाजी बनाएर मोटरसाइल बिक्री गर्ने गरेका छन् भने कतिपय मोटरसाइल वर्कसपहरु जानजान चोरीकै मोटरसाइल खरीद गरेर आम्दानी गरिरहेका छन् ।
पोखरामा हराउने मोटरसाइल पोखरामै रहदैनन । गिरोहले तर्राई या भारतीय नाका तर्फपुराएको पाइन्छ । २०६४ साल यता पोखरामा अहिले सम्म १०८ भन्दा बढी मोटरसाइलहरु हराइसकेका छन् । जिल्ला ट्राफिक कार्यालय पोखराका अनुसार हराएका मध्ये ०६५ सालमा जम्मा २० वटा मोटरसाइकलहरु फेला परेको छ । तिनमा नवलपरासी जिल्लामा सवै भन्दा बढी फेला परेको जिल्ला ट्राफिक कार्यालय पोखराका प्रहरी जवान नारायण प्रसाद शर्मा बताउछन् । उनका अनुसार धेरै मोटरसाइल चोर्ने गिरोहका नाइके अर्जुन बिक हुन । उनि अहिले सम्म पनि फरार छन् । प्रहरीबाट उनको व्यापक खोजी भए पनि उनलाई समात्न भने सकेको छैन । सुरक्षा निकायको सचेतता अझ बढने हो भने मोटरसाइल चोरी गर्ने गिरोहको सक्रियतामा कमी आउने थियो । तर सुरक्षा निकायले जुन सचेतता अपनाउनु पर्ने हो त्यो अपनाउन नसकेको जनगुनासो पनि सुनिने गरेको छ ।
मोटरर्साईल चोरी गर्ने समातिए पनि उनीहरुलाई कार्वाही हुन सकेको देखिदैन । समातिएका गिरोहहरु पनि ज्याक फोर्समा छुटने गरेका छन् । यही कारण पनि उनिहरुको मनोबल बढेर गएको छ । केही महिना अगाडी पोखराकै एक ट्राफिक प्रहरीले मोटरसाइकल चोरेका थिए । उनलाई देखावटी रुपमा कार्वाही गरिए पनि भित्री रुपमा के भयो त्यो भने बुझन सकिएन । सुरक्षा दिने स्वयं प्रहरी नै यस्तो चोरीको भागीदार बन्छन् भने जनताले कसरी विश्वास गर्ने । एक महिना अगाडी मोटरसाइकल हराएका पीडितले पक्तिकार संग भने- 'मलाई त गिरोह संग प्रहरीको पनि मिलेमतो छ जस्तो लाग्छ ।' तर प्रहरी निकाय भने यो कुरामा असहमति जाहेर गर्छन् । यो मित्थ्या आरोप मात्रै हो भन्ने उनिहरुको खण्डन छ । एक जना ट्राफिक प्रहरीले मोटरसाइकल चोरे भन्दैमा सवै प्रहरीलाई त्यस भित्र मुछ्न भने मिल्दैन । तर प्रहरी निकायले पनि मोटरसाइल चोरी गर्ने गिरोहलाई समात्ने मात्रै हैन हदै सम्मको कार्वाही गर्न कन्जुस्याई गर्न हुदैन । यसो भएमा चोरी गर्ने गिरोहहरु निरुत्साहित हुने थिए ।
मोटरसाइकल चोरी नियन्त्रणका लागि प्रत्येक नाका र चेकपोष्टहरुमा मोटरसाइकलको बिलबुक, इन्जिन नम्बर राम्रो संग जाँच गर्नुपर्छ । शंका लागेको व्यक्तिको बिना झन्झट यी कुराहरुको जाच गर्नेपर्छ । त्यस्तै वर्कसपहरुले पनि बिलबुक हेरेर मात्रै मोटरसाइकलको मर्मत र खरीद गर्नुपर्छ । त्यस्तै आफनो सवारीको सुरक्षा सवारी धनीले पनि गर्नुपर्छ । यसका लागि चेन, हेन्डल, विहील, र हेन्डल लक गरियो भने पनि मोटरसाइकल हराउने क्रममा केही हद सम्म भए पनि नियन्त्रण हुन सक्छ ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |