कराँतेमा दुई किशोरीको उचाई
शिव शर्मा 'चञ्चल'
पोखरा



पोखरा- दुई कलकलाउँदा किशोरीहरु । छोटो अवधिमै सितोरियो कराँतेमा आफनो अब्बल प्रदर्शन गरेर सफलता हात पारेका छन् । आधा दर्शक अघि देखि निरन्तरता कराँते खेलेर थुप्रै पदक जितिसकेका संगीता लामा र सुष्मा गुरुङ ६ महिना अगाडी जापानमा भएको विश्व कराँते च्याम्पियन सीपमा नेपालबाटै प्रथम भई छनौटमा परेर पनि प्रतियोगितामा सहभागिताका लागि जान नसक्दा उनिहरुको मन अहिले सम्म पनि भत्भत्ती पोलेको छ ।

उदयपुर स्थायी घर भई बगर पोखरामा बसोबास गदै आएकी संगीता लामा र चितवन फुलबारी स्थायी घर भई नदीपुर पोखरामा बस्दै आएकी सुष्मा गुरुङले यति ठुलो अवसर गुमाउन पुगे । छनौट भएर पनि किन जान सकेनन् त दुवैको कारण एउटै छ पारिवारिक दुरावस्था । घरबाट खर्च गरेर जाने श्रमता भएन एकाविहानै आँखा मिच्दै बगर स्थित पृथ्वीनारायण क्याम्पसको हात भित्र प्रशिक्षणका लागि तम्तयार रहेका उनिहरुले भने- 'खेलकुद परिषदले आर्थिक सहयोग गरिदिएन । ' मोफसलका खेलाडीलाई राजधानीमा बस्नेहरु खासै चासो नदिएको उनिहरुको गुनासो छ । संगै-संगै कराँते खेल शुरु गरेका संगीता र सुष्माले ब्ल्याकबेल्ट पनि पाइसकेका छन् । हालै नोभेम्बर २००६ मा भारतको आन्द्राप्रदेशमा भएको प्रथम राजीव गान्धि मेमोरियल एशियन ओको च्याम्पियनसीपमा संगीताले ५० केजी तौल समुह र सुष्माले ५५ केजी तौल समुहमा प्रथम स्थान हासिल गरेका थिए । यो जीतले हामीलाई जापानमा सहभागी हुन नपाएको तिर्सना मेटने काम गर्‍यो, उनिहरुले सामुहिक रुपमा भने-'कुनै दिन हामी विश्व स्पर्धामा सहभागी भएर नेपालको इज्जत धान्ने छौ । ' पश्चिमाञ्चल क्षेत्रमा महिला कराँतेमा यी किशोरीहरुले वर्चश्व जमाएका छन् । आफुहरु यहाँ सम्म आइपुग्नुमा प्रशिक्षक तथा गुरु फत्तबहादुर गुरुङको योगदानलाई कहिल्यै भुल्न नसक्ने कुरा उनिहरु बताउदै थिए ।

कसरी होमिन आइपुगिन त १६ वर्षो संगीता लामा कराँतेको दुनियामा - आफनै दाजु कुष्ण कुमार लामाले कराँते खेलेर घरमा पदक र प्रमाण पत्र भित्राएको देखेपछि उनि एकाएक लोभिइन । अव म पनि कराँते खेलेर केही गर्नु पर्छ भनेर उनि ०५७ देखि कराँतेको प्रशिक्षण लिएर खेल प्रारम्भ गरिन । कराँते पोशाक लगाएर पहिलो पटक ०५८मा कास्की जिल्ला च्याम्पियन सीपमा प्रतिस्पर्धा गरिन । पहिलो पटक मै आफना ६० जना प्रतिस्पर्धीलाई ढलाएर उनि प्रथम भइन । त्यसपछि उनलाई एक पछि अर्को गदै सफलता हात लाग्दै गयो । खुट्टा समाएर कराँते खेल्न सिकाएका प्रशिक्षक फत्तबहादुर गुरुङ भन्दै थिए- 'छोटो समयमा यिनले प्रदर्शन गरेको खुवी देखेर म सन्तुष्ट छु ।'

स्कुले जीवन मै दौडीरहेकी संगीताले पर्ढाई संगै खेलकुदलाई अगाडी बर्ढाईरहेकी छिन् । कराँते खेलले नै मोहनी लगाइसकेको ले उनले कुनै कराँते प्रतियोगिता र आफुनो स्कुलको परीक्षा एक साथ हुन गएमा कुनै एउटा रोज्नु पर्दा कुन रोज्ने भन्दा उनले सहजै भनिदिइन- 'मत कराँते प्रतियोगितालाई नै रोज्ने छु ।' खेल जीवनमा पाएको पदक र प्रमाण पत्रले उनको घरको कोठा पनि चिरिच्याट्ट सिंगारिएको छ । लगनशिल भएर अगाडी बढ्दा सफलता पाईने रहेछ भन्ने कुरा उनले बुझेकी छिन् । तर उनि आफुले पुर्ण रुपमा सफलता पाएको भनेर घमन्ड गर्दिनन् । महिलाहरु कमजोर हून्छन् भन्ने भनाईलाई वास्तविकतामा परिणत गर्न र आफनो सुरक्षा आफै गर्न यो खेलले मदत गर्ने कुरा उनि बताउदै थिइन । मै हुँ भनेर कोही प आउँछन् भने म पनि हात बाँधेर बस्दिन फुर्तिलो पारामा उनले भनिन- 'आफनो सुरक्षाका लागि प्रतिकार त गर्ने पर्‍यो नि हैन र '

संगीता लामाले पाएका सफलताहरु

१, गण्डकी अञ्चलस्तरीय च्याम्पियनसिप ०५९ मा प्रथम ४० केजी समुहमा प्रथम स्थान

२, प्रथम आमन्त्रित अन्तराष्ट्रिय महिला कराँते तथा किक बक्सिङ च्याम्पियनसीप ०६० मा प्रथम स्थान

३, दोस्रो कास्की जिल्ला किक बक्सिङ च्याम्पियन ४५ केजी समुहमा प्रथम

४, दशौ एशियाली खेलकुदका लागि छनौट प्रतियोगिता ०६१ मा प्रथम

५,१२ औ अन्तराष्ट्रिय हाइस्कुल तथा कराँते किक बक्सिङ प्रतियोगिता ०६३ मा प्रथम

६, राजीव गान्धी मेमोरियल प्रथम एशिया ओको च्याम्पियन सिप आन्द्रप्रदेश भारत ०६३मा ५० केजी तौल समुहमा प्रथम

७, प्रथम अन्तराष्ट्रिय आमन्त्रित किक बक्सिङ तथा कराँते ०६३ बाग्लुङमा भएको ५० केजी तौल समुहमा बक्सिङमा प्रथम

८, जापानमा आयोजीत विश्व कराँते च्याम्पियन सीप ०६३ मा नेपालबाट प्रथम भई छनौटमा परेको - तर आर्थिक परिस्थितिले प्रतिस्पर्धाका लागि जान नपाएको ।

९, एशियन गेममा पदक जितेपछि पोखरामा अभिनन्दन

उता सुष्मा गुरुङ, १८ को कराँते खेल्ने रहर भने आपसे आफ पलाएको हो । संगीता संग संगै खेल यात्रा प्रारम्भ गरेकी उनले शुरुमा त धेरैको नानाभाती कुरा पनि सुन्नु पर्‍यो । साथी संगी र आफन्तहरुले त छोरी मान्छे पनि केको कराँते खेलमा लागेको भनेर । यो कुरा झन उनको मनमा सियोले घोचे जस्तै भयो । अव केही गर्नुपर्छ भनेर कुरा काटनेहरुको पछि भन्दा पनि खेलको पछाडी दौडिइन उनि । अरुको कुरा सुनेको भए अहिले मैले यो स्थान पाउने थिइन, कराँतेको पोशाकमा कालो बेल्ट कस्दै उनले भनिन-'आज केही नपाए पनि नाम सम्म पाइएको छ ।' उनले अहिले सम्म प्रतिस्पर्धा गरेका प्रतियोगिताहरुमा रित्ते हात र्फकनु परेको छैन । कास्की जस्तो जिल्लामा पनि कराँते खेलको लागि सरकारले कुनै प्रशिक्षक राख्न नसकेकोमा उनको गुनासो छ । भन्छिन्- 'हामीलाई गुरु फत्तबहादुर गुरुङले व्यक्तिगत रुपमा प्रशिक्षण दिदै आउनु भएको छ ।' भर्खर कलेज लाइफमा पाइला टेकेकी सुष्मा खेललाई व्यवसायिक रुपमा अगाडी बढाउने योजना बनाएकी छिन् ।  

सुष्मा गुरुङले पाएका सफलताहरु

१, दोस्रो कास्की जिल्ला स्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता-०६१ मा प्रथम र वेष्ट फाइटर पनि

२, प्रथम गण्डकी अञ्चलस्तरीय कराँते तथा किक बक्सिङ प्रतियोगिता ०६२ मा प्रथम

३, प्रथम तनहु जिल्ला स्तरीय सितोरियो कराँते तथा किक बक्सिङ प्रतियोगिता,०६२ मा प्रथम

४, स्याङजा जिल्ला स्तरीय कराँते च्याम्पियनसीप ०६१ मा प्रथम र वेष्ट फाइटर

५, राजीव गान्धी मेमोरियल प्रथम एशिया ओको च्याम्पियन सिप आन्द्रप्रदेश भारत ०६३ मा ५५ केजी तौल समुहमा प्रथम

६, जापानमा आयोजीत विश्व कराँते च्याम्पियन सीप ०६३ मा नेपालबाट प्रथम भई छनौटमा परेको -तर आर्थिक परिस्थितिले प्रतिस्पर्धाका लागि जान नपाएको ।

७, प्रथम अन्तराष्ट्रिय आमन्त्रित किक बक्सिङ तथा कराँते ०६३ बाग्लुङमा भएको ६० केजी तौल समुहमा बक्सिङमा प्रथम

दुवै किशोरीहरुले मोफसलमा बसेर पनि कराँतेमा यस्तो सफलता हात पारेका छन् । जति राम्रो खेले पनि मोफसलको बसेपछि ओझेलमै रहनु पर्छ प्रशिक्षक फत्तबहादुर गुरुङ भन्छन्- 'खेलकुद क्षेत्र केन्द्रिकरण छ विकेन्द्रीकरण हुन सकेको छैन । ' केन्द्रिकरण कै कारण संगीता र सुष्मा प्रतिभा भएर पनि खुम्चनु परेको गुनासो उनको छ । जापानका लागि नेपालबाट प्रथम भएर छनौट भएर आर्थिक अवस्थाले आफनै खर्चमा जापान जान सकेनौ, अन्त्यमा भावुक हुदै दुई किशोरीले अमिलो पारामा भने- 'सरकारले हेरीदिएको भए हामीले सहभागिता जनाएर नेपाललाई पदक दिलाउने थियौ तर हाम्रो सपना अधुरै रहयो'।