


मोनिका गुरुङ सानै उमेरमा उसु खेलमा राष्ट्रिय पहिचान बनाउन सफल भएकी छिन् । मेरीगोल्ड बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वषिर्या मोनिका ले काठमान्डौमा भएको छैठौ राष्ट्रिय उसु च्याम्पियन सिप-२०६४ मा तेस्रो स्थान प्राप्त गरिन । अघिल्लो वर्षो राष्ट्रिय उसु च्याम्पियन सिपमा उनले दोस्रो स्थान जितेकी थिइन । यस पटक मोफसलको भनेर भेदभाव गरेर तेस्रो बनाइएको गुनासो गदै उनले भनिन- 'दोस्रो हुनु पर्ने हो तेस्रो बनाइयो । '
पुख्यौली घर कास्कीको घान्द्रुक भएपनि उनि बाबाआमा संगै नयागाउँ पोखरामा स्थायी बसोबास गदै आएकी छिन् ।
कक्षा ५ मा अध्ययनरत छदाँ देखि नै उसु खेल खेल्न थालेकी मोनिकाले जिल्ला तथा क्षेत्रिय स्तरका उसु प्रतियोगिताहरुमा कहिल्यै दोस्रो हुनु परेको छैन । उनले ति प्रतियोगिताहरुमा पहिलो स्थान ओगटदै आएकी छिन् । अरुणदत्त र आकाश लामालाई उनि आफनो उसु खेलको गुरु मान्दछिन् ।
उनिहरुले नै उनलाई उसु खेलको प्रशिक्षण दिएका हुन । बिहान विद्यालय जानु अगावै र बेलुका विद्यालय छुट्टी भएपछि उनी उसु प्रशिक्षणको लागि पोखरा रंगशाला पुग्ने गर्छिन् । पर्ढाई संगै उनले खेललाई अगाडी बर्ढाईरहेकी छिन् । बाबु महेन्द्र गुरुङ भन्छन्- 'उसले सानै उमेरमा खेलमा गरेको प्रगति देखेर हामीलाई हषिर्त तूल्याएको छ । हामीले खेल्नका लागि उसलाई स्वतन्त्र वातावरणमा छोडीदिएका छौ ।
जिल्लास्तरीय रुपमा ५ वर्षअगाडी नै सहभागि हुदै उपाधी जित्दै आएकी मोनिकाले पहिलो पटक २०६२ सालमा क्षेत्रीय स्तरको उसु प्रतियोगितामा भाग लिएकी थिइन । सो प्रतियोगितामा उनी पहिलो भएकी थिइन । यसै गरी क्षेत्रीय उसु प्रतियोगिता-२०६४ मा पनि उनी प्रथम भइन । एकातिर स्कुलको अध्ययन अर्कोतिर खेलकुदको मोहले उनलाई समय जुटाउन पनि हम्मे- हम्मे परेको छ । उनको उमेर समुहमा पोखराबाट उसु खेलमा राष्ट्रिय पहिचान बनाउने खेलाडी उनि मात्रै हुन । विद्यालय स्तरको सानो उमेरमा उनको प्रगति देखेर उनि पढ्ने विद्यालयका गुरुहरु पनि दंग परेका छन् । मोनिकाले उसुमा रेड बेल्ट पछि डिप्लो गरेकी छिन् ।
अहिले कक्षा १० को फलामे गेटको तयारी संगै खेललाई अगाडी लम्काएकी छिन उनले । चाइना बाट भित्रिएको उसु खेल पनि दुई थरीको हुन्छ थाउलु र सान्सो । थाउलु हतियार र खाली हातले खेलिन्छ भने सास्सो किक बक्सिङ जस्तै हो उसु खेलको बारेमा उनि बताउछिन् । उसु खेलबाट आत्मविश्वास बढनुका साथै स्वास्थ्यका लागि पनि लाभप्रद हुन उनको अनुभव छ । राष्ट्रिय उसु खेलाडी रुकु थापाबाट प्रभावित मोनिकाले भनिन- 'म भविष्यमा राष्ट्रिय च्याम्पियनसीप बनेरै छाड्छु ।'
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |