

सिपोरा गुरुङ भर्खर १५ वर्षा पाइला टेकेकी छिन् । उनि भलिबल खेलमा पोखरामा बसेर पनि राष्ट्रिय पहिचान बनाउन सफल भएकी छि्न । सिपोरा भलिबलकी उत्कृष्ठ सटर अर्थात वेष्ट स्पिकरको रुपमा चिनिन्छन् । १४ वर्षै उमेर उनले १० औ साफ गेममा महिला भलिबलमा नेपाललाई तेस्रो स्थान दिलाइन । सोही साफ ग्याममा उनले सवैभन्दा कम उमेर समुहको उत्कृष्ठ बाल खेलाडीको उपाधी पनि जितेकी थिइन ।
उनको भलिबलको सटर हानाई देखेर सवै छक्क पर्छन् । ११ वर्षको उमेरदेखि भलिबल खेल्न थालेकी सिपोरा छोटै उमेरमा भलिबल खेलमा आफनो नाम चम्काएकी छिन् । पाच महिना महिना अगाडी राजधानीमा भएको राष्ट्रिय महिला खुल्ला भलिबल प्रतियोगितामा समेत उनले उत्कृष्ठ खेलाडीको उपाधी पाएकी थिइन । यस्तै ०६४ जेठमा राजधानीमै भएको आठौ विद्यालय स्तरीय राष्ट्रिय छात्रा भलिबलमा समेत पनि उनि उत्कृष्ठ खेलाडी संगै आफनो समुहलाई प्रथम स्थानमा जिताइन । यस्तै हेटौडामा ०६४ वैशाखमा भएको १४औ राष्ट्रिय छात्रा भलिबलमा समेत पहिलो र उदयमान खेलाडीको उपाधी पाईन । यसरी दर्जनौ खेलहरुमा उनले उपाधी चुमेकी छिन् । । क्षेत्रिय तथा जिल्ला स्तरीय भलिबलमा आफनो टिमलाई कहिल्यै दोस्रो हुन दिएकी छैनन् । यसका साथै आफु पनि उत्कृष्ठ खेलाडीको उपाधी पनि हासिल गरिरहेकी छिन् ।
फिस्कटेल एकेडेमी पार्दी पोखरामा कक्षा ८ मा अध्ययनरत सिपोरा पर्ढाईमा पनि अब्बल छिन् । उनको स्थायी घर लमजुङको दुधपोखरी हो । अहिले उनी बाबाआमा संगै राष्ट्रबैकचोकमा बसोबास गर्छिन । बाबा राष्ट्रबैकमा जागिरे र आमा गृहणी हुन ।
छोरीको प्रतिभा देखेर बाबु मोतीलाल गुरुङ दंग छन् । छोटो समयमा नसोचेको इज्जत उनले कमाईन उनि भन्दै थिए । भलिबलमा उनले गरेको प्रदर्शनले विद्यालयको गरिमा बढेको छ,विद्यालयका प्रिन्सिपल चिन रानाभाटले भने - सानै उमेरमा उनले भलिबलमा राष्ट्रिय पहिचान बनाईन । उनले दर्जनौ राष्ट्रिय तथा क्षेत्रिय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । जुन प्रतियोगिताहरुमा उनि उत्कृष्ठ खेलाडी पनि घोषित हुदै आएकी छिन् । आफनो टिमलाई पहिलो दोस्रो स्थानमा समेत उभ्याएकी छिन् । उनका पदक शिल्ड र प्रमाणपत्रले घरका भित्ताहरु रंगिएका छन् ।
उनको उत्कृष्ठ प्रदर्शन देखेर महेन्द्रपुलिस क्लबले समेत उनलाई क्लबमा अनुबन्धित गराउन मागेको थियो । तर उनको पर्ढाईमा बाधा हुने देखेर हामीले दिएनौ, विद्यालयका खेल शिक्षक सुसन बस्नेतले कोपिलालाई बताए । पाँच कक्षामा अध्ययन गर्दा सिपोराले पहिलो पटक भलिबल टुनामेन्टमा भाग लिएकी थिइन । उनि प्रतियोगितामा उनि वेष्ट पिलियर नै बनिन । त्यसपछि उनमा भलिबल खेल्ने उत्कण्ठा जाग्यो ।
विद्यालयमा कोच आएर उनको खेलको प्रशंशा गरेपछि त झन के चाहियो र उनमा झन जोश बढ्यो । धेरै लगाव र परिश्रम पनि गरिन । यसको परिणाम उनि आज भलिबलमा राम्रो खेल खेल्ने नेपालकै कान्छि खेलाडी पनि हुन । यति मात्रै हैन उत्कृष्ठ महिला सटर पनि (स्पाइकर) हुन । सिपोरालाई एथलेटिक्समा पनि उतिकै रुची छ ।
केही समय अघि पोखरामा सम्पन्न अन्तरविद्यालय जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा उनि वेष्ट एथलेटिक्स खेलाडी र लमजम्पमा समेत प्रथम समेत भएकी थिइन । अध्ययन संगै खेलकुदलाई संगै अगाडी बढाइरहेकी सिपोराले भनिन- भलिबलमा अन्तराष्ट्रिय पदक जित्ने उद्देश्य राखेकी छु ।
|
Musukka Hasera
Shradha Rai |
|
Khipima Khipi
Shradha Rai |
|
Binti Chha
Ang Nima Sherpa |
|
Aakha Bhari
Surendra Man Maharjan |
|
Neermaya
Prakash Lama |